सेती प्रयोशालामा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको छ ।

१४ वैशाख २०७९, बुधवार ११:५२ बजे प्रकाशित































