निर्वाचन आयोगले मतपत्र धमाधम जिल्ला पठाउन थाल्यो
यहि वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र जिल्ला पठाउन थालेको छ।
स्थानीय चुनावका लागि आवश्यक मतपत्रको ढुवानी मंगलबारदेखि नै सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।
कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइसकिएको आयोगले जनाएको छ। आज बुधबार पूर्व र पश्चिमका गरी ९ जिल्लामा मतपत्र पठाइने बताइएको छ।
अहिलेसम्म एक करोड ५४ लाख ८३ हजार मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ।
१४ वैशाख २०७९, बुधवार ०९:३२ बजे प्रकाशित































