punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय निर्वाचन : आजदेखि मतपत्र ढुवानी सुरु

Chaupati
safha napa

यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र निर्वाचन आयोगले आजदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई आज कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ ।

वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ । वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार ९८० प्रतिशत० मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।आजै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ ।


१३ वैशाख २०७९, मंगलवार २१:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु