लम्कीचुहा नगरपालिकामा प्रमुखका लागि कांग्रेसबाट २ जनाको उम्मेदवारी दर्ता
कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुखका लागि कांग्रेसबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश कार्यसमितिबाट टिकट पाएका भक्त थापाले मनोनयन दर्ता गरेका छन् ।
यस्तै, मेयर पदमा चुनाव लड्न सुशीला शाहीले पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिएको भन्दै उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनीहरूले सोमबार नगरपालिकाको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए । दुवैले एउटै पार्टीबाट टिकट प्राप्त गरेपछि अहिले आधिकारिक को भन्ने प्रश्न उब्जिएको छ ।

१२ वैशाख २०७९, सोमवार २२:५८ बजे प्रकाशित






























