लिभरपुलले एभर्टनलाई हरायाे, चेल्सीकाे जित
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएका खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् ।मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।
पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए । ८५औँ मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए ।
जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औँ स्थानमा छ ।
साथै, अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औँ मिनेटमा गोल गरे । क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
१२ वैशाख २०७९, सोमवार ०९:२५ बजे प्रकाशित































