punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले टुंग्यायो कैलालीमा ११ पालिकाका उम्मेदवार

Chaupati
safha napa

नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ ।

एमाले प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।

उनका अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन् ।

जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र इन्दुु चौधरी सर्वसम्मत उम्मेदवार बनेको पाठकले बताए ।

मोहन्याल र चुरे गाउँपालिकाका उम्मेदवारको भने टुङ्गो लाग्न सकेको छैन । यी दुवै पालिकामा पनि आइतबार नै उम्मेदवार छनोट गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कुन्दकला रानाथारुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।


११ वैशाख २०७९, आइतवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु