punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले बझाङमा दुई पालिका अध्यक्ष उम्मेदवार टुंग्यायो

Chaupati
safha napa

नेपाली कांग्रेसले बझाङका दुई पालिका अध्यक्षको टुंगो लगाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा सात पालिकाको प्रमुख पाएको कांग्रेसले अहिलेसम्म दुई पालिकाको प्रमुखको टुंगो लगाएको हो ।

साइपाल गाउँपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि उज्जवल बोहरालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । गाउँपालिकामा कांग्रेसमा आवद्ध भई लामो समय राजनीति गर्दै आएको बोहरालाई निवर्तमान गाउँपालिका अध्यक्षले समर्थन दिएपछि पालिकाको उम्मेदवारको टुंगो लागेको हो ।

यसअघि साइपाल गाउँपालिकाको अध्यक्षका लागि निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामी, उज्जल बोहरा र कञ्जु भण्डारीको नाम जिल्ला कार्यसमितिमा सिफारिस भएको थियो । आज बिहान बसेको जिल्ला कार्यसमितिको बैठकमा निवर्तमान अध्यक्ष धामीले बोहरालाई समर्थन दिएपछि उज्जल बोहराले अध्यक्षको टिकट पाउने भएका छन् ।

नेकपा एमालेले साइपालमा यसअघि नै मानबहादुर बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । उज्जवल बोहरा र मानबहादुर बोहरा साइपाल गाउँपालिका-३ का स्थानीय पनि हुन् ।

त्यसैगरी कांग्रेसले मष्टा गाउँपालिकामा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । गाउँपालिका अध्यक्षका लागि मष्टा गाउँ कार्यसमितिले पूर्वउपसभापति ज्ञानबहादुर बोहराको नाम सिफारिस गरेपछि उनी निर्विरोध पालिका अध्यक्षको उम्मेदवार हुने कांग्रेस जिल्ला कार्यसमिति बझाङले जनाएको छ ।

पालिका अध्यक्षको उम्मेदवार बनेका बोहरा अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए । एमालेले भने मष्टा गाउँपालिकामा व्यवसायी दीपक रोकायालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।


१० वैशाख २०७९, शनिवार १९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु