punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको गृहजिल्लामा जनमोर्चा एक्लै लड्ने, पाँच पालिकामा उम्मेदवारी

Chaupati
safha napa

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।जनमोर्चाले डडेल्धुराका ५ स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरेको हो।

जनमोर्चाका जिल्ला सहसचिव टंक अवस्थीले ५ पालिकाहरुमा नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवार टुंग्याएको जानकारी दिए। उनका अनुसार डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको प्रमुखमा पवन विष्ट र परशुराम नगरपालिकाको प्रमुखमा रघुबीर विकलाई अघि सारिएको छ।

प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गाउँपालिका गन्यापधुराको अध्यक्षमा सहसचिव अवस्थीले उम्मेदवारी दिने भएका छन्। जनमोर्चाले नवदुर्गा गाउँपालिकाको अध्यक्षमा हेमराज भट्ट र अजयमेरु गाउँपालिकाको अध्यक्षमा हरिश भट्टलाई उम्मेदवार बनाएको छ।

डडेल्धुरामा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सम्भावना नरहेपछि एकल रुपमा उम्मेदवारी टुंग्याइएको जनमोर्चाले जनाएको छ।


१० वैशाख २०७९, शनिवार १९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु