punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसपी राठौरले सम्हाले कैलाली प्रहरीको कमाण्ड, आजै पदभार ग्रहण

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले सोमबार पदभार ग्रहण गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत चैत्र २९ गतेको पत्रादेशले प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारी दिइ पाठाईएका राठौरले  आज कैलालीको प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन् ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको यहाँ कार्यरत प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेद प्रकाश जोशी लगायत उपस्थित सी.प्र.अ, जु.प्र.अ. तथा अन्य प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।

कैलालीका तत्कालीन प्रहरी प्रमुख (एसपी) विश्व अधिकारीको काज सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा राठौरलाई पठाएको हो।

 


५ वैशाख २०७९, सोमवार २२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु