punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली सुन देखाएर ठगी गर्ने ३ जना पक्राउ

Chaupati
safha napa

नक्कली सुन देखाइ ठगी गरेको आरोपमा गोरखाबाट ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ की जुना तामाङ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का गान्दिप कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ।

फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेका जस्तो भान पार्ने र फकाई फुलाई महिलाहरुसँग रहेको सुनका गरगहना तथा नगद ठगी गरेको प्रहरीले जनाएको छ।

गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।


४ वैशाख २०७९, आइतवार २१:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु