मुस्ताङमा लेक लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु
मुस्ताङमा आइतबार एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले बताए । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
४ वैशाख २०७९, आइतवार २१:१२ बजे प्रकाशित






























