भारतमा कागतीको मूल्य बढेको बढ्यै, किलोकै ४ सय रुपैयाँ
भारतमा केही दिनयता कागतीको मूल्यले यसअघिका सबै रेकर्ड तोडेको छ । आमरूपमा ५०/६० रुपैयाँ प्रतिकिलो पाइने कागतीको मूल्य कतिपय शहरमा ४ सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको दैनिक भास्करले लेखेको छ ।
सामान्य अवस्थामा गोटाको २/३ रुपैयाँमा पाइन कागतीलाई अहिले उपभोक्ताले प्रतिगोटा १०/१५ रुपैयाँसम्म तिर्नुपरेको छ । गर्मीमा कागतीको खपत बढी हुने गर्छ । मूल्य बढेको बढ्यै गरेकाले भारतमा कागती सर्वसाधारणको पहुँचभन्दा टाढा भएको छ । भारतमा यो वर्ष कागती उत्पादनमा आएको कमीका कारण मूल्य आकाशिएको बताइएको छ ।
३ वैशाख २०७९, शनिवार १४:४५ बजे प्रकाशित































