कैलालीमा उम्मेदवार टुंग्याउँदै एमाले, जसपासँग गठबन्धनको प्रयास
कैलालीमा १३ वटा स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा ७ वटा स्थानीय तह जितेको नेकपा एमालेमा यसपटक आकांक्षी धेरै हुँदा उम्मेदवार चयन गर्न सकस भएको छ । नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेले तल्लो तहमा सर्वसम्मतिका लागि छलफल जारी रहेको बताउँदै तलबाट रिपोर्ट आएमा त्यसैको आधारमा उम्मेदवार तय हुने जानकारी दिए ।
प्रदेशको एकमात्र उपमहानगर धनगढीमा पनि एमालेले उम्मेदवार छनोट गर्न सकेको छैन । २०७४ को निर्वाचनमा धनगढीमा तेस्रो भएको एमालेबाट पाँच जना आकांक्षी देखिएका छन् ।
धनगढीमा नगरप्रमुख पदका लागि जीवनकुमार बम, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, राजेश खाती र कमलसिंह राना आकांक्षी छन् । नगर प्रमुख पदका आकांक्षी रानाले आफूसँग धनगढीको विकासको योजना रहेको बताए । ‘धनगढीको विकासको योजना मसँग छ । मेरो धनगढीमा जित्ने आधार पनि छ । पार्टीमा छलफल पनि भएको छ’, उनले भने ।
कैलालीका अन्य स्थानीय तहमा दर्जनभन्दा बढी नेताहरूले प्रमुख, उप–प्रमुखमा आकांक्षा देखाएका छन् । स्थानीय तहमा एमालेले सर्वसम्मत उम्मेदवार छनोटको प्रयास गर्दै आएको छ । केही स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको एमालेको दाबी छ । तर, जिल्लाका सबै स्थानीय तहको प्रमुख, उप–प्रमुखको टुंगो लागेपछि मात्र सार्वजनिक गरिने एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए । ‘केही स्थानीय तहबाट नाम आएको छ । तर, आधिकारिक नभएर सार्वजनिक गरेका छैनाैँ ।’ एक दुई दिनमा सबै स्थानीय तहबाट नाम आएपछि सार्वजनिक गरिने उनले बताए ।
कैलालीमा १३ स्थानीय तह र एक सय २६ वडा छन् । जिल्लामा ६ सय ५६ पदका लागि स्थानीय तह निर्वाचन हुनेछ । २०७४ को चुनावमा गोदावरी, गौरीगंगा, घोडाघोडी, टीकापुर, लम्कीचुहा, चुरे र मोहन्याल गाउँपालिका गरी ७ वटा पालिकामा नेकपा एमाले विजयी भएको थियो । माओवादी केन्द्र भजनी नगरपालिका र कैलारी गाउँपालिकामा विजयी भएको थियो ।
धनगढी, जोशीपुर र बर्दागोरियामा नेपाली कांग्रेस विजयी भएको थियो भने जानकी गाउँपालिकामा तत्कालीन मधेसी फोरमका उम्मेदवार विजयी भएका थिए ।
एमाले र जसपाबीच गठबन्धनको प्रयास
यसैबीच, पालिकाको चुनावमा कैलालीमा गठबन्धनको लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच छलफल सुुरु भएको छ । सुदूरपश्चिम सरकारमा सहभागी नगराएका कारण रुष्ट बनेको लगत्तै जनता समाजवादी पार्टी र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम्भावनाबारे छलफल गरेका हुन् ।
संघीय सरकारमा गठबन्धनमा रहेको दलहरूले सुदूरपश्चिम प्रदेशमा आफुहरूलाई नटेरेपछि जिल्लामा अन्य शक्तिहरूसँग छलफल सुरु भएको जसपाका कैलाली जिल्ला अध्यक्ष गया प्रसाद कुश्मीले बताए । ‘उहाँहरू (कांग्रेस, माओवादी र नेकपा समाजवादी) ले हामीलाई सुदूरपश्चिम सरकारमा सहभागिताबारे कुनै छलफल गर्नु भएन,’ अध्यक्ष कुश्मीले भने, ‘सत्ताका बारेमा छलफल नगर्नेसँग चुनावका बारेमा मात्र गठबन्धन गरिराख्न आवश्यक भएन, त्यसैले हामीले अरुसँग पनि छलफल सुरु गरेका छौँ।’
जिल्लामा गठबन्धन निर्माणका लागि जसपाका अध्यक्ष कुश्मी, नेकपा एमालेका केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्द र घोडाघोडी नगरपालिका प्रमुख ममता चौधरीबीच धनगढीमा छलफल भएको हो ।
छलफलमा जिल्लामा गठबन्धन गरेर जानका लागि छलफल अघि बढाउने सहमति भएको छ ।एमालेका निर्वाचन परिचालन समितिका सदस्य चन्दले जसपासँग पनि गठबनन्धनको सम्भावनका बारेमा गरिएको र छलफल सकारात्मक रहेको बताए । ‘
१ वैशाख २०७९, बिहीवार ०९:२० बजे प्रकाशित































