punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको क्याम्पस चोकमा मष्टा डेण्टल क्लिनिक सञ्चालनमा

Chaupati
safha napa

धनगढीको क्याम्पस चोकमा मष्टा डेण्टल क्लिनिक सञ्चालनमा आएको छ । लामो समयदेखि कैलालीको अत्तरियाबाट सेवा दिँदै आएको क्लिनिकले अब धनगढीबाट सेवा दिन थालेको हो । वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले आइतबार क्लिनिकको उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष बरालले सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा आएसँगै दाँत सम्बन्धी सेवा लिनका लागि यहाँका स्थानीयलाई अझ बढी सहज हुने बताए ।

डेण्टल क्लिनिकमा दाँत सम्बन्धी सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध रहेको मष्टा डेण्टल क्लिनिकका सञ्चालक नविनप्रकाश भण्डारीले बताए । क्लिनिकमा डेण्टिस्ट सर्जन र डेण्टल हाइजेनिष्टबाट हरेक दिन सेवा प्रदान गरिने उनले बताए ।
निशुल्क दन्त परिक्षण तथा परामर्श, गिजाबाट रगत आउने, गिजा सुनिने र स्वासप्रश्वास गन्हाउने रोगको उपचार, अत्याधुनिक उपकरणबाट दाँत सफा गर्ने, दाँतमा पोलिष गर्ने, दाँत निकाल्ने, भाँचिएको दाँतमा नचिनिने गरी खोल लगाइ दिने, दुखेको दाँतको जरैदेखि उपचार आदि सेवा उपलब्ध रहेको सञ्चालक भण्डारीले जानकारी दिए ।

यस्तै किराले खाएको दाँतमा नचिनिने गरी सिमेन्ट भर्ने, दाँतको एक्स–रे गर्ने, बाङ्गाटिङ्गा नमिलेका दाँतहरुलाई मिलाउने, दाँत नभएको ठाउँमा नचिनिने गरी स्थायी तथा अस्थायी दाँत लगाउने, बालबालिकाको दुखेको दाँतको उपचार गर्ने, सबै दाँत लगाउने सेवा पनि क्लिनिकमा उपलब्ध छन् । नयाँ वर्षको उपलक्ष्यमा यही बैशाख २५ गतेसम्म हरेक उपचारमा २० प्रतिशत छुटको पनि व्यवस्था गरिएको सञ्चालकले जनाएका छन् ।


१ वैशाख २०७९, बिहीवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु