punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्ष कुँवरको अगुवाइमा भारतबाट आएका नागरिकहरुलाई खाना वितरण

Chaupati
safha napa

धनगढी,जेठ ११ कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको अगुवाइमा आजपनी भारतबाट आएका सिमामा अलपत्र नागरिकहरु लाई खाजाका रुपमा खाद्यान्न तथा पानी वितरण गरिएको छ । गन्तव्यमा जान पर्खिनु परेका अलपत्र नेपालीहरु लाई सिमा मै पुगेर ३५ पेटि चाउचाउ र ४० पेटि पानी वितरण गरेको हो ।

आज वितरण गरिएको खाद्य सामग्री लायन्स क्लब अफ धनगढी ग्रिन सिटी, सिद्दिबिनायक स्न्याक्स एन्ड न्युडल्सका प्रतिनिधि महेश फुलाराले उपलब्ध गराएको हो । लायन्सको २५ र सिद्दिबिनाएकको १० गरि ३५ पेटि चाउचाउ वितरण गरिएको हो ।

यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवर र कार्यसमिति सदस्य महेन्द्र कुमार सिंहले ४० पेटि पानी उपलब्ध गराएका हुन । अध्यक्ष कुवरले विगत केही दिन देखि दैनिक रुपमा सिमामै पुगेर राहत वितरण गर्दै आएका छन ।

उनले सामाजिक उत्तरदायित्व स्वरुप आफूले यो सामाजिक काम गरिरहेको बताए । उनले यस्तो बिपत्तिको समयमा आफुले सक्दो सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै अरु लाई पनि सहयोगका लागि आव्हान गरे ।


११ जेठ २०७७, आइतवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु