punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा सोमबारबाट ‘लकडाउन’ कडाइ गरिने

Chaupati
safha napa

कञ्चनपुर,जेठ ११ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरमा लकडाउनमा थप कडाइ गरिने प्रशासनले जनाएको छ ।

प्रशासन कार्यालयले आइतबार बेलुकी सार्वजनिक सूचना जारी गरेर सोमबारबाट जिल्लाभर अत्यावश्यक औषधी पसल बाहेक तरकारी बजार,फलफूल,खाद्यान्न पसलहरू,बैङ्क लगायतका सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागी पूर्ण रूपमा बन्द गर्न लागिएको जनाएको छ ।

यस्तै अत्यावश्यक औषधी उपचारको कामबाहेक कुनै पनि व्यक्ति शुरक्षकर्मीको परामर्शबिना घरबाट बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाद्धारा हस्ताक्षर सूचनामा भनिएको छ । आज मात्रै सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना पोजेटिभ देखिए सँगै प्रदेशमा संक्रमितको सङ्ख्या १५ पुगेको छ ।


११ जेठ २०७७, आइतवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु