लेभान्टेमाथि बार्सिलोनाको राेमाञ्चक जित

रोमाञ्चक खेलमा लेभान्टेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्टेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक एक गोल गरे ।

लेभान्टेले दुवै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।

जितसँगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्यो । ७२ अंकको रियल मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्टे भने २२ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।


२८ चैत २०७८, सोमवार ०७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु