punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्री तामाङले आफ्नै पद गएको थाहा नपाएपछि यस्तो भने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको भएको आइतबारमात्रै  जानकारी पाएको मन्त्री तामाङले बताएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले फिर्ता बोलाएका आर्थिक मामिला मन्त्री तारा लामा तामाङले आइतबार मात्रै आफूले मन्त्रीपरिषद्मा गरिएको हेरफेरबारे जानकारी पाएको बताएका हुन् ।

उनले आइतबार सामाजीक सञ्जालमार्फत आफ्नो पद गएको आइतबारमात्रै थाहा पाएको भनेर बताएका छन् ।‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त !,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिरसहित लेखेका छन्।

एकीकृत समाजवादीले गत शुक्रवार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका ३ मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिला मन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको थियो ।

शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरी सकेका छन् । यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त गरिएको थियो । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी हुन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका हुन् ।


२७ चैत २०७८, आइतवार २१:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु