देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जना निको

देशभर थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४४ जना निको  भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।


२६ चैत २०७८, शनिवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु