‘अब धनगढी दौडिन्छ’ को प्रथम उपाधी पार्कीलाई

‘अब धनगढी दौडिन्छ’ मुख्यमत्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथुन २०२२ को आठौ संस्करणमा गोपी चन्द्र पार्की र दोस्रो स्थान मोहन देब जोशीले हासिल गरेका छन्। खुल्ला तर्फबाट २१.१ किलोमीटर को दुरी १ घन्टा ७ मिनेटको समयमा पार गरि पहिलो स्थान हासिल गर्न एपीएफ नेपालका डोटी घर भएका पार्की सफल भएका हुन् । त्यसैगरि दोस्रो स्थान नेपाल आर्मीका जोशीले प्राप्त गरेका छन् । यस्तै ललित शाही तृतीय भएका छन्।

उनले ,१ घन्टा १२ मिनेट ५२ सेकेन्ड मा २१।१ किलोमीटर को दुरी पार गरेका हुन् । दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।

यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजले जानकारी दिएको छ ।

यसैगरी कर्पोरेट र सञ्चार, महिला, विद्यार्थी हरुलाई पनि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।


२६ चैत २०७८, शनिवार १८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु