कञ्चनपुरमा लागुऔषधसहित ३ युवक पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाबाट तीन जनालाई प्रहरीले  लागुऔषधसहित पक्राउ गरेको छ। शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले लागुऔषधसहित २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस फेला परेको छ । उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२६ चैत २०७८, शनिवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु