दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते

शनिबार  दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मार्मा गाउँपालिका वडा नम्वर -२ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जीप सडकमा पल्टिदा ६ जना घाइते भएका हुन्।

जीप आज विहान दुर्घटना मा परेको हो। जीपमा १० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


२६ चैत २०७८, शनिवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु