जनकपुरमा पेस्तोलसहित दुई युवक पक्राउ

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० बाट एक थान पेस्तोल र पेस्तोलको एक थान म्याग्जिनसहित २ जना प्रक्राउ परेका छन्।

आज बिहान जकपुरधाम-४ का ३० वर्षीय इन्द्रेशकुमार सिंह र वडा नम्बर ८ का १९ वर्षीय अर्जुनकुमार सिंहलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट ज ७ प ७९३२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

 


२६ चैत २०७८, शनिवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु