एक लाख घुससहित नापीका दुई कर्मचारी पक्राउ

नापी कार्यालय चाबहिलका २ कर्मचारीहरू एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलिले ललितपुरको लगनखेलबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नापी कार्यालय चाबहिलका सर्वेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई छन्। अख्तियार श्रोतले दिएको जानकारी अनुसार बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साबिक गर्नका लागि भन्दै उनीहरूले घुस लिएका थिए।

घुस रकम लिएर बुढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ।


२३ चैत २०७८, बुधवार १५:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु