एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक र राजधानी डेन्टल होमको साथ

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ । धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो ।

अवार्डका आठवटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो । प्रायोजन सम्बन्धी सम्झौतापत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे ।

सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर पौडेलले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए ।

कैलालीको धनगढीस्थित गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।


२३ चैत २०७८, बुधवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु