देशभर थप १३ जनामा कोरोना संक्रमण, ५७ जना निको

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् ।


२३ चैत २०७८, बुधवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु