धनगढीबाट उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण

धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ । विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो ।

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठीक रहेको बुद्ध एयरले जनाएको छ ।

 


२३ चैत २०७८, बुधवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु