गठबन्धन प्रति कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेसको असन्तुष्टि

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरिएको गठबन्धन प्रति कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेसले गठबन्धन प्रति असन्तुष्टि जनाउदै पुनर्वासमा विरोध भेलाको आयोजना गरिएको छ ।

नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिका सचिव प्रवीण रावलले एक सूचना जारी गर्दै गठबन्धनको विरोधमा भेलामा उपस्थितिका लागि आव्हान गरेका हुन् ।

पार्टीको तल्लो निकायसँग परामर्श छलफल नगरीकनै माथिल्ला निकायले गठबन्धनको निर्णय गरेको भन्दै उनले आपत्ति रहेको बताए । केन्द्रले गरेको गठबन्धनका कारण पार्टीको संगठननै ध्वस्त हुने स्थिति देखिएपछि विरोधमा उत्रनु परेको उनको भनाई छ ।

 


२३ चैत २०७८, बुधवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु