नेपालगन्जका २१ जना कोरोना संक्रमित डिस्चार्ज
बाँके,जेठ ९। बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका २५ जना कोरोना भाइरस संक्रमित मध्ये २१ जना शुक्रबार बिहान घर फर्केका छन्। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विषेश आईसोलेसन अस्पतालमा उपाचार भइरहेका नेपालगन्जका पहिलो कोरोना भाइरस संक्रमित ६० बर्षका बृद्धसहित २१ जना उपाचार पछि निको भएर घर फर्केको भेरी अञ्चल अस्पताल नेपालगन्जमा मेडिकल सुपरिटेन्ट डा. प्रकाश बहादुर थापाले बताए ।
थप ४ उपचार भइरहेको समेत थापाले जानकारी दिए । उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको र पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाएको छ ।
अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको बताइएको छ । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमित ठिक भएर डिस्चार्ज हुने संख्या ७० पुगेको छ । यस अघि स्वास्थ्य मन्त्रालयले ४९ जना डिस्चार्ज भएको जानकारी दिएको थियो ।
९ जेठ २०७७, शुक्रवार ०८:१६ बजे प्रकाशित































