punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका दुई सिडिओको सरुवा

Chaupati
safha napa

काठमाडौँ,जेठ ९ ।गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशका दुई सहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकार ( सिडिओ)को सरुवा गरेको छ । 

मन्त्रालय स्रोतका अनुसार बाजुरा, रसुवा, नवलपरासी, बैतडी र लमजुङका सिडिओ फेरिएका हुन् ।मन्त्रालयले हरि पन्तलाई जिल्ला प्रशासन कार्यालय रसुवाको सिडिओ बनाएर पठाइएको छ भने त्यहाँका सिडिओ अर्जुन भण्डारीलाई गृहमा ल्याइएको छ ।

सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरेको छ भने नवलपरासीका सिडिओ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ ।भोलि १० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका लमजुङका सिडिओ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्ण प्रसाद शर्मालाई पठाएको छ । 

त्यस्तै कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा सरुवा गरिएको छ ।बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाइएको छ ।   

बैतडीमा मोहन जोशीलाई प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।


९ जेठ २०७७, शुक्रवार ०९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु