punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्ष कुँवरद्धारा भोकभोकै सीमामा बसेका नेपालीलाई चाउचाउ र जुस बितरण

Chaupati
safha napa

धनगढी,जेठ ८ । भारतका विभिन्न स्थानहरुबाट नेपाल आउन सीमामा पुगेका सयौं नेपालीहरुलाई कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा चाउचाउ जुस बितरण गरिएको छ ।

कोभिड  १९ कोरोना भाइरसका कारण लकडाउन हुँदा भारतमा अलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्कन सीमा क्षेत्रमा पुगेका छन् ।

नेपाल भारत सीमामै उनिहरुको स्वास्थ्य परिक्षण र तथ्यांक संकलन गरि उनिहरुलाई नेपाल प्रवेश गराउने तयारी गरिएको छ ।

भारतको मुम्बई र दिल्ली बाट बस रिजर्भ गरेर नेपाल  भारत सीमा नाका गौरीफन्टा डोकेबजार पुगेर भोकभोकै रहेका उनिहरुलाई कैलाली उद्योग बाणिज्य संघ का अध्यक्ष कुँवरको सकृयतामा चाउचाउ पानी र जुस बितरण गरिएको हो ।


८ जेठ २०७७, बिहीवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु