पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ का पहाडी भू–भागहरूका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ ।
प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको साथै हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साथै तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।
१५ चैत २०७८, मंगलवार ०८:२४ बजे प्रकाशित































