धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु
धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा ज.६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, विकास यादव र १४ वर्षीय सुमित यादव रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका हुन् । एउटै मोटरसाइकलमा पाँचै जना सवार रहेको प्रहरीले जनाएको छ ।
१५ चैत २०७८, मंगलवार ०७:३७ बजे प्रकाशित































