punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय चुनाव : देशभरि १ करोड ७७ लाख मतदाता

Chaupati
safha napa

यसपटक देशभरिबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले स्थानीय तह निर्वाचनमा मत खसाल्न पाउने छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने चुनावमा देशभरि उक्त संख्यामा मतदाता रहेको आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन्। अन्य लैंगिक पहिचानका मतदाता भने जम्मा १ सय ८३ जनामात्र रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेको जिल्ला प्रदेश १ को मोरङ हो। मोरङमा ७ लाख १५ हजार २ जना २३ जना मतदाता छन्। सबैभन्दा थोरै मतदाता भने मनाङमा ६ हजार ४ सय ९६ जनामात्र छन्। प्रदेशमध्ये सबैभन्दा बढी मतदाता मधेश प्रदेशमा छन्। मधेशमा १७ लाख ९७ हजार ९ सय ४५ जना मतदाता छन्। यसैगरि सबैभन्दा थोरै मतदाता कर्णाली प्रदेशमा ५ लाख ६ हजार १ सय ८० जना छन्।

चुनावको अघिल्लो दिन ९वैशाख २९० सम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिइएको आयोगले जनाएको छ। यसअघि २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० जना रहेको थियो।

आयोगले देशभरि १० हजार ७ सय ५६ वटा मतदानस्थलमा २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र रहने जानकारी दिएको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि ६ सय ७६ जना निर्वाचन अधिकृत नियुक्तसमेत गरेको छ।

 


१३ चैत २०७८, आइतवार २२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु