दार्चुलामा भिरबाट लडेर एकजनाको मृत्यु
दार्चुलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–३ रिल बसेडीका ५७ वर्षीय मोहन सिंह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सिँचाइका लागि कुलोमा पानी लगाउन जाने क्रममा भिरबाट लडेर घाइते भएका उनको उपचारका लागि लग्दै गर्दा मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।
१२ चैत २०७८, शनिवार १९:४७ बजे प्रकाशित































