सर्लाहीमा आगलागी हुँदा १३ घर जल्यो
सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवामा भएको आगलागीबाट १३ वटा घर जलेको छ । शनिबार दिउँसो भएको आगलागीबाट एक जना घाइते भएका छन् ।
आगलागीबाट सिलिण्डर ग्याँस पड्किदा भाग्ने क्रममा ३५ बर्षका अरबिन्द प्रसाद कुशवाह घाइते भएका छन् । उनलाई उपचारको लागि नवलपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आगलागीले २६ लाख बराबरको क्षति भएको उनले बताए । आगोलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी तथा मलङगवा र हरिवनबाट गएको दमकलको सहयोगमा निभाइएको छ ।
१२ चैत २०७८, शनिवार २१:२० बजे प्रकाशित































