परशुराम नगरपालिकाका सामुदायिक विद्यालय ५ दिन बन्द हुने
डडेल्धुराको परशुराम नगरपालिकाका सामुदायिक विद्यालय ५ दिन बन्द हुने भएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
यही चैत्र १४ गतेदेखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुद्वारा जारी सूचनामा उल्लेख छ। यो ५ दिनको बिदालाई आगामी शैक्षिक सत्रको बिदाबाट कट्टा गरिनेसमेत सूचनामा उल्लेख छ।
१२ चैत २०७८, शनिवार ०७:५२ बजे प्रकाशित































