punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

Chaupati
safha napa

काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। शुक्रवार बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ वद्यिार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्।

यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे। राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटबाट परीक्षाफल हेर्न सकिन्छ। साथै NEB टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ। १६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।


५ असार २०८३, शुक्रवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु