गायक प्रकाश सपूतले ‘पिर’बाट हटाए विवादित देहव्यापारको दृश्य
गायक प्रकाश सपूतले गीति भिडियो ‘पिर’ युट्युवमा सम्पादनसहित पुनः अपलोड गरेका छन् । रि-अपलोड गरिएको भिडियोमा उनले माओवादी पूर्वलडाकु देहव्यापारमा लागेको दृश्य हटाएका हुन् ।
उनको यो भिडियो एक हप्तामा करोड भन्दा बढी पटक हेरिसकिएको थियो। रि-अपलोड गरेसंगै सपूतले सामाजिक सन्जालमा भावुक स्टाटस समेत लेखेका छन् ।
‘केहि दृष्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु । तर, गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन,’ उनले लेखेका छन् ।
८ दिन अघि युट्युवमा अपलोड भएको उक्त भिडियो निकै विवादित बनेको थियो । उक्त भिडियोलाई लिएर माओवादी नेता तथा कार्यकर्ताले आपत्ति जनाउँदै युट्युवबाट भिडियो हटाउन दबाबसमेत दिएका थिए।
५ चैत २०७८, शनिवार २०:१९ बजे प्रकाशित































