हेल्थ असिस्टेन्ट संघ डोटीको अध्यक्षमा खड्का चयन
हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)जिल्ला कार्यसमिति डोटीको अध्यक्षमा कुँवेर बहादुर खड्का चयन भएका छन । हान डोटीको दोस्रो महाधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद जोशी, उपाध्यक्षमा जमुना बोहरा, नरेश बोहरा, प्रकाश बहादुर चन्द, दिनेश बहादुर रोकाया चयन भएका छन ।
त्यस्तै समितिको सचिवमा धन बहादुर कुँवर, सह–सचिवमा महेश भट्ट, कोषाध्यक्षमा गंगा कुँवर सहित अन्य सदस्य चयन भएका छन ।अधिवेशन हान डोटीका पुर्व कोषाध्यक्ष जमुना बोहराको अध्यक्षतामा बसेको थियो ।
५ चैत २०७८, शनिवार १८:४२ बजे प्रकाशित































