प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २३ जना घाइते
प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बसमा सवार २३ जना घाइते भएका छन् । घाइते मध्ये ९ जना गम्भीर छन् । दुर्घटनामा डेढ वर्षका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङको बंगलाचुली गाउँपालिकासँग सिमाना जोडिएको गाउँ तारिवाङमा बस दुर्घटना भएको माण्डवी गाउँपालिकाकी उपाध्यक्ष मुगा पुनले बताइन् । ना ३ ख ७१३२ नम्बरको बस प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै थियो । घाइते सबै माण्डवी गाउँपालिका वडा नम्बर २ का रहेका उपाध्यक्ष पुनले बताइन् । प्रहरीका अनुसार दुर्घटनाबारे थप विवरणआउन बाँकी छ ।
५ चैत २०७८, शनिवार १५:३७ बजे प्रकाशित































