punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना संक्रमणदर घट्यो, तीन जिल्ला संक्रमणमुक्त

Chaupati
safha napa

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमणदर ओरालो लाग्दै गएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ। यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम रहेको छ। हप्ताको दोस्रो दिन सोमबार पाँच जनामा, मङ्गलबार र बुधबार एक÷एकजनामा, बिहीबार दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो।

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो। त्यसपछि यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेको थियो। हाल भने सङ्क्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

हाल सङ्क्रमणदर घटेको भए पनि जोखिम भने कायमै रहेको उनले बताए। अन्तरराष्ट्रिय स्वास्थ्य नियमावली २००५ अनुसार सीमानाकामा परीक्षण कार्य जारी राखिएको जनाइएको छ। जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकाहरुमा स्वास्थ्य चेकजाँचमा कडाइ नै गरिएको कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। सीमा नाकामा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षणको काम निरन्तर रुपमा भइरहेको छ।  जोखिम व्यवस्थापनको काम भइरहेको हो।

प्रदेशका तीन जिल्ला सङ्क्रमणमुक्त

कोरोना भाइरस सङ्क्रमणदर ओरालो लागेसँगै सुदूरपश्चिमका तीन जिल्लामा सङ्क्रमण शून्य रहेका छन्। प्रदेशका नौ जिल्लामध्ये डोटी, अछाम र बाजुरामा हाल एकजना पनि कोरोना भाइरस सङ्क्रमणका सक्रिय सङ्क्रमित नरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। प्रदेशका अन्य जिल्लामा गरी कूल ४० जना सक्रिय सङ्क्रमित रहेका छन्।

सुदूरपश्चिमममा हालसम्म ५९ हजार ५९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पाँच लाख २३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो। सङ्क्रमणकै कारण यस प्रदेशमा हालसम्म ६३३ जनाको मृत्यु भइसकेको छ। सङ्क्रमणदर कम भएको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले सबैमा आग्रह गरेको छ। सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसविरुद्धको खोप अभियानलाई बढाइएको छ।


५ चैत २०७८, शनिवार १५:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु