निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् ।

फागु पूर्णिमाको अवसरमा पार्टीले बिहीबार आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा नेपाले आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्ने बताए ।

बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

विविधताले सजिएको हाम्रो समाजमा एकअर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा उनको जोड थियो ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुपर्वका अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पार्टीले चुनाव केन्द्रीत भएर देशभर साङ्गठनिक गतिविधिलाई बलियो बनाएको बताए ।


३ चैत २०७८, बिहीवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु