देशभर थप २७ जनामा संक्रमण पुष्टि, २२० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बिहीबार ४ हजार ७ सय ४७ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये १ हजार ६ सय ५४ जनाको पीसीआर र ३ हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

आज १ लाख ४५ हजार ९ सय ८४ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सम्म  सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७६ छ ।


३ चैत २०७८, बिहीवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु