सुदूरपश्चिम आउँदै मन्त्री रावल

सुदूरपश्चिम आउँदै मन्त्री रावल

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भोलि (शनिबार) गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने छन्।

भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्ने, सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रम र तयारीबारे समेत स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारी दिने मन्त्री रावलले बताएकी छन्।

मन्त्री रावलले स्थानीयस्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको बताइन्।


५ भदौ २०८३, शुक्रवार १४:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु