punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषधसहित तीन युवक पक्राउ

Chaupati
safha napa

लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ।

बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो। प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, पे्रथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए।

यसैबीच तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नम्बरको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पुनलाई हार्थोक प्रहरी चौकीको टोलीले जाँच गर्दा लागुऔषध ओसारपसार गरेको हो। श्रीष र घर्तीलाई पाल्पाबाट बुटबलतर्फ आगुऔषध लैजाने क्रममा प्रभाष प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


२५ फागुन २०७८, बुधवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु