punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गर्ने श्रीमान् पक्राउ

Chaupati
safha napa

भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।

तेजाब प्रहारबाट घाइते भएकी उनलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


२३ फागुन २०७८, सोमवार ०९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु