punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खानेपानी आयोजनाका लागि नगर विकास कोषद्धारा ऋण प्रदान

Chaupati
safha napa

कञ्चनपुर स्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबिच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि रु. ५ करोड ३२ लाख १२ हजार ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको हो ।

एशियाली विकास बैंकको वित्तिय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत सो आयोजनाका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष देवेन्द्रराज ढुङ्गाना बीच आइतबार ऋण सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको समेत उपस्थिती रहेको थियो ।२१ करोड २८ लाख ४८ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १४ करोड ८९ लाख ९३ हजार र नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ५ करोड ३२ लाख १२ हजार लगानी हुने छ । साथै उपभोक्ताको तर्फबाट ५ प्रतिशत अर्थात १ करोड ६ लाख ४२ हजार व्यहोरिनेछ ।

भिमदत्त नगरपालिकाको वडा नं। ६ र ७ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २ हजार ८ सय ५८ घरधुरीका १६ हजार ४ सय ७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष ढुंगानाबाट वर्षौदेखि शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि आयोजना महत्वपूर्ण हुने भन्दै गुणस्तरीयरुपमा सयममा सम्पन्न गर्नेतर्फ प्रतिवद्धता व्यक्त गरे ।

सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका भिमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले सुरक्षित र सर्वसुलभ खानेपानीको उपलब्धता दिगो विकास लक्ष्यसँग समेत जोडिएको बताए । उनले आयोजनालाई सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकीय लगायतका पक्षबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले राम्रा पूर्वाधारयुक्त शहरहरुमा जनसंख्याको चाप बढ्दै गइरहेकाले खानेपानीका ठूला आयोजनाले शहरीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसका लागि आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्ने र स्रोत विस्तारतर्फ समेत ध्यान केन्द्रित गर्नु पर्ने कार्यकारी निर्देशक सापकोटाले बताए ।

उनले भिमदत्त नगरपालिका र कोषको सहकार्य लामो समयदेखि हुँदै आएको भन्दै नगरपालिकासंग सार्वजनिक नीजि अवधारणामा भिमदत्त कंचन मल (व्यावसायिक भवन) आयोजना अगाडि बढिरहेकोमा समेत खुशी व्यक्त गरे ।


२३ फागुन २०७८, सोमवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु