punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सांसद बानियाँ निलम्बित

Chaupati
safha napa

बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको आज प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।

सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन १६ गते पक्राउ गरेको थियो।जबरजस्ती करणी अभियोगमा मुगुका सांसद बानियाँ पक्राउ परेका थिए।सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।

४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।


२२ फागुन २०७८, आइतवार १९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु