punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालले भने : संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाऊँ

Chaupati
safha napa

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका छन्। आइतवार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएर दुस्ख दिइरहेको भन्दै ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका हुन्।

‘एमालेले संसद चल्न नदिएर हामीलाई दुःख दिइरहेको छ’, उनले भने, ‘अझै पनि यस्तो अन्त्य नहुने हो भने संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्छ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिएर गन्जागोल बनाएको पनि आरोप लगाएका छन्।

‘ओलीको एमालेले संसद नदिएर गन्जागोल कायम राखिरह्यो। हामीलाई समेत दुःख दिइरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा राखिरहनु भन्दा संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानु राम्रो हुन्छ भन्ने भएको छ। संसद विघटन गरिदिएपछि ओलीको वितण्डा पनि सकिन्छ।’

 


२२ फागुन २०७८, आइतवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु